गायक नवीन पौडेलले ल्याए तीज गीत ‘हरहर वासना’ (भिडियो)


नेपालभूमि, काठमाडौं।

गायक नवीन पौडेलको तीज गीत ‘हरहर वासना’ सार्वजनिक भएको छ । म्यूजिक भिडियोसहित गत साउन २७ गते युट्युबमार्फत् सार्वजनिक गरेको गायक पौडेले जानकारी दिए ।

लोकदोहोरी क्षेत्रमा अनवरत अघि बढिरहेका गायक पौडेलले गीत मौलिक र अत्यन्तै राम्रो बनेको बताए । पछिल्लो समय मौलिकता हराउँदै गइरहेका बेला आफूले लोक संस्कृति संरक्षणका लागि सत्प्रयास गरेको उनी बताउँछन् ।

गायक स्वयंको संगीत रहेको गीतमा आशा बिसीले स्वरमा साथ दिएकी छन् । उक्त गीतको म्यूजिक भिडियोमा सन्तोष शर्मा र स्वीकृति पौडेलको अभिनय छ भने निर्देशन विष्णु भट्टराईले गरेका हुन् ।

नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय अश्लीलता भित्रिएको आरोप लागिरहेको बेला गायक पौडेल भने यसलाई आफ्नो तर्फबाट चिर्ने प्रयास गरिरहेको बताउँछन् । नेपाली नारीहरुको महान पर्व ‘तीज’ नजिकिइरहँदा यसको रौनक समेत बढेको छ ।