लमजुङको विजुली : व्यवस्थापन फेरियो , व्यवस्था फेरिएन


नेपालभूमि, लमजुङ ।

जलविद्युतको खानी जिल्ला लमजुङको विद्युतको व्यवस्थापन फेरिएको धेरै भयो । तर जिल्लाबासीले आशा गरेको गुणस्तर भने अझै पनि फेरिएको छैन । दैनिक दर्जनभन्दा बढी पटक विद्युत जानेआउने समस्याले लमजुङका उपभोक्ता मारमा परेका छन् ।

जिल्लावासीका लागि विद्युत सेवाका लागि २०५३ सालबाटै लमजुङ विद्युत उपभोक्ता संस्थामार्फत काम हुँदै आएको थियो । गत पुस महिनाबाट लमजुङ विद्युत उपभोक्ता संस्थासँगको सम्झौता खारेज भइ नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् वितरणको जिम्मा दिइयो, तर विद्युतको गुणस्तरमा भने सुधार आउन सकेन ।

लमजुङमा भोटेओडार, नयाँ गाउँ, बेंसीशहर र ओखरी फिडरबाट जिल्लाबासीलाई विद्युत् सेवा उपलब्ध गराउने गरिएको छ । यतिबेला लमजुङ विद्युत उपभोक्ता संस्थाका कर्मचारीहरू ६० जना सबै विद्युत प्राधिकरणमा समायोजन भईसकेका छन् र लमजुङ विद्युत वितरण केन्द्रमा रहेका ३० जना कर्मचारी समेत ९० जनाको जनशक्ति बनेको छ ।

विद्युत वितरण केन्द्रको प्रमुख इञ्जिनियर नै छन् । तर, त्यसयता पनि लमजुङ विद्युत् वितरण केन्द्रको सेवाको गुणस्तर भने लमजुङ विद्युत् उपभोक्ता संस्थाको पालामा भन्दा खासै भिन्न अनुभूति गर्न उपभोक्ताले पाउन सकेका छैनन् ।

दैनिक दर्जन पटक विद्युत जाने आउने गरिसकेको हुँदा गुणस्तरमा प्रश्नको उदाहरण हो भुक्तभोगी उपभोक्ताहरूको गुनासो छ । यसबारेमा लमजुङ विद्युत् वितरण केन्द्रमा सम्पर्क गर्दा बल्ल ५ साउनबाट कर्मचारीको समायोजनको काम टुंगिएको छ ।

उनीहरूलाई जिम्मेवारी तोकेर फिल्डमा खाउने काम हुँदैछ । अबको एक दुई महिनासम्ममा सबै व्यवस्था हुन्छ लमजुङ विद्युत वितरण केन्द्रका प्रशासन प्रमुख अशोककुमार कर्णले भने । उनका अनुसार यो बीचमा धेरै ठाउँमा उपभोक्ता संस्थाले गाडेका काठका पोल, पिन फेर्ने काम गरिएको छ । सयमै उपलब्ध हुनेछ ।

अब विद्युत् शुल्क विल प्राप्त भएको एक साताभित्र शुल्क तिर्ने जिल्लाभरका सेवाग्राहीले रेविटको सुविधा अर्थात ९दुई प्रतिशतं० छुट पाउनेछन् ।