वीरगन्जमा चट्याङ लागेर एक जनाको मृत्यु


पर्सा, ६ साउन ।

वीरगन्ज महानगरपालिका–२८ बगही बस्ने ३५ वर्षीय दिनानाथ ठाकुरको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ । खेतमा काम गर्न गएको अवस्थामा चट्याङ लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि नारायणी बयोधा अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।