फोहोर व्यवस्थापन नहुँदा अस्तव्यस्त काठमाडौं (फोटोफिचर)


नेपालभूमि, काठमाडौं ।

काठमाडौंका गल्ली र चोकहरु यतिबेला दुर्गन्धित बनेको छन् । केही समयदेखि फोहोर उठ्न नसक्दा काठमाडौं उपत्यकाको धेरैजसो स्थानहरुमा फोहोर थुप्रिएका हुन् ।

 

यतिबेला काठमाडौंका बानेश्वर, तिनकुने, कमलपोखरी, प्रदर्शनीमार्ग, नागपोखरी, रत्नपार्क आसपासका साथै उपत्यकाका प्रमुख स्थानहरुमासमेत फोहोरले भरिएको छ ।

विगतमा फोहोर राख्ने स्थानमै फोहोर भेटिन्थ्यो भने अहिले फोहोर राख्ने स्थानबाहेकका स्थान जस्तै सडक किनारा जताततै र विजुलीको पोलका मुनिपनि फोहोर राख्ने गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनको प्रयास गर्दै आएपनि त्यसले सार्थकता भने पाएको छैन ।