सुनकोसी गाउँपालिकामा जित्ने आधार तय गरेका छौँ, पाँच बर्षमा गाउँपालिकालाई समृद्ध बनाउँछौः गिरी


सिन्धुली जिल्ला निकै नै रमणिय र सुन्दर जिल्लामध्यको एक हो । नमुना राजमार्गका रुपमा बिपी राजमार्ग निर्माण भई सञ्चालनमा आए पश्चात् मधेश प्रदेश र प्रदेश नं.१ लाई राजधानीसँग जोडने प्रमुख द्वारको रूपमा विकसित भइरहेको छ । ऐतिहासिक सिन्धुलीगढको जिल्ला भनेर परिचित सिन्धुलीलाई जुनारको जिल्लाको रुपमा समेत चिनिन्छ । बागमती प्रदेशमा पर्ने थुप्रै सम्भावनाहरु बोकेको यो जिल्लामा ७ वटा गाउँपालिका र २ वटा नगरपालिका ७९ वटा वडाहरु छन् । ७ वटा गाउँपालिका मध्यको सुनकोशी गाउँपालिका अत्यन्तै प्रख्यात र सुन्दर छ । यो गाउँपालिका कृषि उत्पादनका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । देशभर चुनावी रौनक बढिरहेका बेला सुनकोशीमा पनि चुनावी गतिविधि बढेको छ । चुनावलाई केन्द्रित गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको तर्फबाट सिन्धुली सुनकोशी गाउँपालिकाको अध्यक्षका प्रत्यासी उम्मेदवार अशोक गिरीसँग गरिएको कुराकानीको अंशः

अशोक गिरी उम्मेदवार, नेकपा एमाले सिन्धुली गाउँपालिका, सिन्धुली

चुनावको तयारी कसरी गर्दै हुनुहुन्छ ?

सुनकोशी गाउँपालिकामा सात वटा वडाहरु छन । हामीले सात वटै वडामा जनताको लोकप्रिय उम्मेदवारहरु उठाएका छौं । जनताको भावना, पार्टीको भावना र राम्रो भिजन भएका उम्मेदवारहरु उठाएका छौं ।

युवा, विद्यार्थी, महिला लगायत सम्पूर्ण संगठनहरु एक मतमा, एक रुपतामा पार्टीलाई जिताउँने अभियानमा लाग्नु भएको छ । संगठनिक रुपमा किसान, महिला, युवा लगायत सम्पूर्ण क्षेत्रको प्रतिनिधीत्व हुने गरी उम्मेदवारहरु उठाएका छौं ।

त्यस कारणले पनि पछिल्लो समय पार्टीप्रति थुप्रैको आकर्षण रहेको छ । त्यस कारणले पनि हाम्रो जित्ने मुख्य आधार धेरै नै छन र तयारी व्यापाक रुपमा गरिरहेका छौं ।

चुनावमा विजयी नै हुन्छु भन्ने तपाईका मुख्य आधारहरु के–के छन् ?

हाम्रो समाजमा भएका वेरोजगारी, किसानहरुको समस्या, शोषित, पिडितहरुको समस्यालाई समाधान गर्ने हाम्रो मुख्य एजेन्डा हो । साथै, हाम्रो ध्यान प्रगतिशिल बजेट बनाउँने तिर पनि हुन्छ । हाल सरकारले गरिरहेको जस्तो बजेट हुदैन भन्नाले हाल विलासिताका तथा अनउत्पादन क्षेत्रमा खर्चिने खालको हाम्रो बजेट हुदैन ।

जनताको भावना विपरितको क्षेत्रमा बजेट खर्च गदैर्नौ । बरु त्यसको ठाँउमा उत्पादन क्षेत्रमा हाम्रोे बजेटहरु ल्याउछौं । उत्पादन बढाउँदै गाँउपालिकालाई आत्मनिर्भर बनाउँने हाम्रो साेंच छ ।

यसमध्येमा पनि कृषि क्षेत्रमा उत्पादन बढाउने हाम्रो प्रमुख लक्ष्य हो । किसानहरुलाई रसायनिक मलहरुमा राहत ल्याउँने छौं । साथै, आर्गनिक कृषिमा किसानलाई आकर्षित गर्नतिर हाम्रो ध्यान हुन्छ ।

हाम्रो आफ्नै गाउँपालिकालाई सुहाउँदो खालको नीतिहरु ल्याउनेछौँ । हालको समयमा पनि स्वस्थ पिउँने पानी, विद्युत, र सडक हाम्रो गाउँपालिकाको अत्यावश्यक भएकाले यस्तो खालको समस्या लिएर अब जनता कार्यालय धाउनुपर्दैन । बरु हामी आफै जनताको समस्यालाई सम्बोधन गर्नको लागि उनीहरुकै घर गाउँमा गएर बुझ्ने प्रयास गर्नेछौ।

तपाईको भावी योजनाहरु के–के छन् ?

कृषिलाई मुख्य आधार बनाएर कृषिबाट रोजगारीको व्यावस्था गर्छाै ।कृषिका विषयमा योजनाहरु तर्जुमा गर्छौँ । साथै, हाम्रो गाँउपालिकालाई आवश्यक वस्तुृहरुको स्थानीय उत्पादन गर्न सक्ने नीति ल्याउँछौ ।

हामीले शिक्षालाई रोजगारीसँग जोड्न सक्ने शिक्षाको नीति ल्याउँछौ । हामीले हाम्रो गाँउपालिकालाई आवश्यक पर्ने दक्ष जनशक्तिहरु आफै उत्पादन गर्नै छौं ।

गाँउपालिकामा होटल चलाउँन सक्ने जनशक्ति छैंन, घर बनाउँनु पर्याे भने बाहिरको मानिस ल्याउनुपर्नेे अवस्था छ । ईलेक्ट्रिसियन लगायत प्राविधिक क्षेत्रमा काम गर्ने, कृषिलाई आधुनिक तरिकाले पेशा गर्ने जनशक्ति नभएकोले त्यस्तो जनशक्ति उत्पादन गर्नको लागि पनि हामीले विभिन्न नयाँ सिपमुलक कार्यक्रमहरु गर्नेछोँ । गाँउपालिकालाई आत्मनिर्भर बनाँउने नै हाम्रो पहिलो कार्य हुनेछ ।

गठबन्धनले तपाईलाई चुनौति देला नि त ?

गठबन्धन स्वार्थीहरुको भिर हो । यो प्रमाणित भईसकेको छ । गठबन्धनको काम भनेको पदमा पुग्ने कसरी हुन्छ लुटेर खाने भन्ने एउटा उदेश्य मात्रै हो । ठिक्क त्यसको विपरित हाम्रो पार्टीमा जनताको काम गर्ने, जनताको सेवा गर्ने, कुनै व्यतिmगत स्वार्थ नभएको अथवा निस्वार्थ भावना भएको पार्टी छ ।

गठबन्धनमा जात्राको भिड जस्तो भएपनि हाम्रो एउटा लक्ष्यसहितको एकतावद्ध कमिटी रहेको छ । त्यही नै हाम्रो जितको आधार हो ।

नेकपा एमालेबाट समाजवादी भएकाले तपाईलाई असर गर्न सक्छ नि त ?

अब समाजवादी अन्य क्षेत्रमा समाजवादीको प्रभाव के कति रहेको छ त्यसको आंकलन गरेका छैनौ । हाम्रो गाउँपालिका सुनकोशीको सन्दर्भमा केही मात्रामा औंलामा गन्न सकिने साथीहरु समाजवादीतिर जानुभएको छ ।

उहाँहरुलाई फर्काउने वार्ता भईरहको छ । समाजवादीले हाम्रो पार्टीलाई त्यति धेरै असर गर्ने देखिँदैन । यसै पनि सुनकोशी गाउँपालिकामा समाजवादीको त्यति धेरै प्रभाव भने छैन ।

विगतको निर्वाचनमा एमालेको प्रभाव कति रह्यो ?

विगतको निर्वाचनमा एमाले जनताको लोकप्रिय तथा सशक्त पार्टी रहेको थियो । विगतमा माओवादी केन्द्रले अलिकति जालझेल, तथा केही स्थानमा फर्जी मतको प्रयोग, बुथ नै आफ्नो पक्षमा राख्ने प्रयासहरु भए । यसका साथै, हाम्रो उम्मेदवारहरुलाई पनि प्रचार गर्न नदिएको विगतको इतिहास छ । त्यस्तो अवस्थामा पनि नेकपा एमाले आठ सय मतले मात्रै पराजय भएको थियो ।

म पनि पूर्व माओवादी केन्द्रबाट एकता पश्चात एमालेमा नै बसेकोले पनि माओवादीका कही साथीहरुको पनि हामीमा बलियो समर्थन छ । त्यस्तै, माओवादीमा संगठन क्षत–विक्षत अवस्थामा छ । उनीहरुमा उम्मेदवारीको क्रममा धेरै मतभेद, मनमुटाव छ । हामीमा त्यसखालको अवस्था छैन, हामी एकतावद्ध रहेकोले पनि यस पटक हाम्रो पक्षमा निकै राम्रो मत आउने अपेक्षा छ ।

विगतमा पनि गठबन्धन नभएको भए दुई हजार मतले जित्ने थियौं । गठबन्धन भएपनि कांग्रेसका प्रतिनिधीले हामी आफ्नो छाप बाहेकको अन्य छापमा हाल्दैनो भन्ने मतभेद भएकोले र यस क्षेत्रमा रुख चिन्न नै नभएकोले र हाम्रो संगठन बलियो छ । हामी हाम्रो आफ्नै बलले विजयी हुनेछौँ ।

अन्त्यमाः तपाईको क्षेत्रका जनताहरुलाई के भन्न चाहनुहुन्छ ?

सुनकोशी बासीहरुलाई के भन्न चाहन्छु भने, हामी कुनै व्यतिmगत स्वार्थको लागि राजनितिमा आएका होइनौँ । बर्गिय परिवर्तन तथा समाज परिवर्तन, हामी कम्युनिष्ट भएकाले पनि बर्गिय, जातिय समस्याको अन्त्य गर्न चाहन्छाँै ।

गास, वास, र कपासको लागि हामी सोच्छाँै । साथै चुनावी परिणाम जस्तो भएपनि सदैव जनताको हित र रक्षाको लागि लड्छौँ भन्न चाहन्छु ।