एमाले काठमाडौं महानगर अध्यक्षमा देउला चयन
0
Shares

काठमाडौं, १० कात्तिक ।
नेकपा (एमाले)काठमाडौं महानगरपालिका कमिटी अध्यक्षमा निर्मल देउला चयन भएका छन् ।एमाले महासचिव ईश्वर पोखरेलले मंगलबार उद्घाटन गरेको काठमाडौं महानगर अधिवेशनले कमिटी अध्यक्षमा देउलालाई चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा न्युछेकाजी महर्जन, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा सिर्जना भेटुवाल र उपसचिवमा देवेन्द्र खड्गीलाई चयन गरेको छ । काठमाडौं महानगरको कमिटी १०१ सदस्सीय छ ।