३३ कम्पनीको शेयर मूल्यमा छलाङ, कुनको कति बढ्यो ?


काठमाडौं ।

सोमबार ३३ कम्पनीको शेयर मूल्य सकरात्मक सर्किट लेभलमा बढेको छ । आज २२९ धितोपत्रको कारोबार भएको थियो, त्यसमा ३३ धितोपत्र (कम्पनी) को शेयर मूल्यमा सर्किट लागेको हो । त्यसमा १८ कम्पनीको शेयर मूल्य १० प्रतिशतले नै बढेको छ । यसका अलवा अन्य कम्पनीको शेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ ।

आज नेप्से परिसुचक पनि ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६७२ दशमलव २५ बिन्दुमा पुगेको छ । नेप्से बढ्ने क्रममा यतिका कम्पनीको शेयर मूल्यमा छलाङ आएको हो ।