भोलिदेखि काठमाडौंमा एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइने


काठमाडौं : काठमाडौंमा मंगलबार (भोलि)देखि एस्ट्राजेनेका दोस्रो डोज खोप लगाइने भएको छ । काठमाडौंका ८ वटा स्थानीय तहमा एस्ट्राजेनेका खोपको दोस्रो डोज खोप लगाइने भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गर्दै काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहका पहिलो डोज एस्ट्राजेनेका खोप पाएकालाई दोस्रो डोज लगाइने जनाएको छ ।