बाढी पहिरो पीडितलाई सरकारले उचित ब्यवस्था गर्छः प्रधानमन्त्री देउवा


४ कात्तिक, बझाङ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले बझाङ जिल्लामा आएको अविरल बर्षाको कारण भएको क्षतिको स्थलगत अवलोकन गरेका छन् । उनले बाढी पहिरोले पुर्याको क्षतिको निरीक्षण गर्न गर्न बझाङ आएका हुन् । प्रधानमन्त्री देउवाले जिल्ला भर भएको धनजनको क्षति वारे जानकारी लिई पीडितहरुलाई सरकारले उचित ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।
लगातारको बर्षाका कारण बझाङमा ठुलो मानविय तथा धनजनको क्षति भयको छ । प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपालिका – ४ डिखला र सदरमुकाम चैनपुरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर पुन सुदुरपश्चिमका विभिन्न स्थानमा गई बाढिपहिरोको निरीक्षण गरेका छन् ।
बझाङको पानकोट स्थित नेपाली सेनाको ब्यारेकमा जिल्लामा भएको क्षति बारे बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । अविरल बर्षाका कारण बाटोघाटो र संचार सेवा राम्रो नहुदाँ अझै जिल्ला भरीको जानकारी आउन सकिरहेको छैन् ।
प्रधानमन्त्री देउवासँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर लगायतका नेताहरु पनि सहभागी रहेका छन् ।