बाढी पहिरो र डुबानमा परेका नागरिकको उद्धारमा सशस्त्र प्रहरी (फोटोफिचर)


३ कात्तिक, काठमाडौं ।
अविरल बर्षासँगै आएको बाढी पहिरो र डुबानमाा परेका नागरिकको खोज तथा उद्धारमा सशस्त्र प्रहरी बल खटिएको छ । देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोबाट बचाउने कार्यमा सशस्त्र प्रहरी रातदिन लागि परेको छ । विपद् व्यवस्थापनको जिम्मेवारी पाएको कारण सशस्त्र प्रहरीले सयौ नागरिकको उद्धार गरिसकेको छ । त्यसैगरी सशस्त्र प्रहरीले जोखिममा रहेको नागरिकहरुलाई सुरक्षित स्थानमा स्तान्तरण कार्यलाई पनि निरन्तरता दिएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले खोज तथा उद्धारमा सशस्त्र प्रहरी अहोरात्र लागि रहेको बताउनुभयो । उहाँका अनुसार झापा जिल्लाको बिभिन्न ठाउँहरुमा अविरल वर्षासँगै आएको बाढिले डुबानमा परेका करिब २ सय घरपरिवारका ६६१ जनालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणसहित सशस्त्र प्रहरी बल नेपालका बिभिन्न युनिटबाट सशस्त्र प्रहरी सो उद्धारमा सकृयताका साथ जुटेको हो ।

त्यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ७ स्थित हिक्मतपुर स्थित मोहना नदीमा पानीको बहाव बढेर करिब ७५ घरधुररी डुवानमा परेसँगै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिक्मतपुरबाट खटिएको सशस्त्र प्रहरी उनिहरुको उद्धारकार्यमा सक्रियतापूर्वक जुटेको छ ।
यसैगरी सुनसरी जिल्लाको वर्जु गाउँपालिका ३ फरामचोक स्थित करिब ५० घर डुबानमा परेपछि सो ठाउँमा बसोबास गर्ने अन्दाजी २०० जनालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमदुवाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।यसैगरी कञ्चनपुर जिल्लाका वेलौरी नगरपालिका २ स्थित खैरेनीमा बाढिले ३ वटा घरहरु डुवानमा परेका नागरिकलाई सुरक्षित रुपमा उद्धार गरेको छ ।

कैलाली जिल्लाको गोदावरी नगरपालिका ८ स्थित खुटिया खोलाको बिचमा फसेको अवस्थामा दुई जनाको सशस्त्र प्रहरीले कात्तिक १ गते सकुशल उद्धार गरेको छ । सोही नगरपालिका ९ बस्ने ४५ बर्षिय मान बहादुर थापा र ४२ बर्षिया रेणु थापा उक्त खोलामा ढुङ्गागिट्टी संकलन गर्ने क्रममा खोलाको बिचमा फसेकालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनिहरुको सकुशल उद्धार गरेको हो ।

यसैगरी डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका ४ स्थित रंगुन खोलाको बिचमा फसेका ५ जनाको सशस्त्र प्रहरीले कात्तिक २ गते सकुशल उद्धार गरेको थियो । सोही ठाउँ बस्ने ५ जना ब्यत्तीहरु धान काट्न खेतमा जाने क्रममा सो खोलामा पानीको बहाव बढ्न गई खोलाको बिचमा अलपत्र परेकालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट परिगाउँबाट खटिएको सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले ट्युबको प्रयोग गरि उनिहरुको सकुशल उद्धार प्रवक्ता अर्यालले बताउनुभयो ।