साफ च्याम्पियनसीपको फाइनलपछि अल्मुताइरीले राजीनामा दिने


काठमाडौं ।

साफ च्याम्पियनसिपपछि नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । बुधबार बंगलादेशविरुद्धको खेलपछिको माल्दिभ्सको राजधानी मालेमा भएको पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिपपछि राजीनामा दिने बताएका हुन् ।

अल्मुताइरीको प्रशिक्षणमा बुधबार नेपालले ऐतिहासिक सफलता हात पारेको छ । बुधबार नेपालले साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपल्ट फाइनल यात्रा तय गरेको छ ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै अब्दुल्लाले आफू नेपालमा थप नबस्ने बताएका हुन् । ‘म नोकर होइन, प्रशिक्षक हुँ,’ अब्दुल्लाहले भने, ‘फाइनल नेपालबाट मेरा लागि अन्तिम खेल हुनेछ । र नेपाल कहिल्यै फर्किने छैन ।’