बडादशैंको शुभ साइत बिहान १० बजेर दुई मिनेटमा


काठमाडौँ । गृह मन्त्रालयले विजया दशमी टीकाको साइत असोज २२ गते शुक्रवार बिहान १० बजेर दुई मिनेटमा हुने जनाएको छ । टीका पूर्व माेहडामा बसेर लगाउन सुझाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखालाई उद्धृत गर्दै गृह मन्त्रालयले बडादशैँको शुभ साइत सार्वजनिक गरेको हो ।

मन्त्रालयको कार्यालय व्यवस्थापन तथा जिन्सी शाखाका उपसचिव भोमकान्त शर्माले असोज २१ गते बिहीबार नवरात्र आरम्भ हुने र बिहान दुई मिनेटमा ११ बजेर ५६ मिनेटमा घटस्थापनाको साइत रहेको उल्लेख गरेका छन् । शुक्रवार असोज २२ गते बिहान ११ बजेर ५६ मिनेटमा पश्चिम मोहडामा झण्डा फेर्ने साइत रहेको छ । असोज २५ गते सोमबार नौ पचली भैरव यात्रा हुने मन्त्रालयले जनाएको छ ।

असोज २५ गते नै बडादशैँको पञ्चमी र षष्ठी दुवै तिथि पर्न गएको छ । दुई तिथि एकै दिन पर्न जाँदा विजया दशमी यसपालि नौ दिनको मात्रै हुनेछ। गृह मन्त्रालयका अनुसार असोज २६ गते मङ्गलबार फूलपाती परेको र बिहान ७ बजेर ११ मिनेटमा तुलजाभवानी यात्रा हुने तथा बिहान ८ बजेर ५४ मिनेटमा स्थिरासन हुनेछ ।

असोज २७ गते मिनेटमा शिरासन हुनेछ । असोज २७ गते बुधवार महाअष्टमी कालरात्रि हुनेछ । असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रवार विजया दशमी मनाइनेछ । विजया दशमीको बिहान ७ बजेर एक मिनेटमा तुलजाभवानोको यात्रा हुने र बिहान ८ बजेर ३२ मिनेटपछि शिरासन र खड्गयात्रा हुनेछ । मन्त्रालयले कात्तिक २ गते मंगलबार अखिलबलिपूर्ति र सोही दिन नै कोजाग्रत पूर्णिमा मनाइने जनाएको छ ।