सोमबार थप १०३० जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्‍यु


काठमाडौं ।

पछिल्लो २४ घण्टामा १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ५८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार जना निको भएका छन् ।