प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
0
Shares

काठमाडौं ।
आज बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्नेछ ।
सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र कार्कीले बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक नै भएको बताए । उनका अनुसार सरकारका दैनिक काम कारबाही नै बैठकका एजेन्डा रहेका छन् ।