राजदूत खतिवडा र गभर्नर चार्लीबीच भेटघाट


वासिङ्गटन डिसी ।

अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडा र अमेरिकाको म्यासाचुसेटस राज्यका गभर्नर चार्ली वेकरबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको छ ।

भेटका अवसरमा नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी प्रवद्र्धन, शिक्षा र संस्कृतिको आदानप्रदान गर्नेलगायत विषयमा छलफल भएको थियो । उक्त राज्य अमेरिकाको इतिहास, प्राज्ञिक र औद्योगिक विकासका लागि महत्वपूर्ण राज्य मानिन्छ ।

यसैबीच अमेरिकाको म्यासाचुसेटस राज्यले अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडालाई सम्मान गरेको छ । उक्त राज्यका दुवै सदनका तर्फबाट सिनेटका अध्यक्ष रोनाल्ड मारियानो र उपाध्यक्ष विलियम ए ब्राउनसवर्गरले शिष्टाचार भेटसमेत गर्नुभएको थियो ।

उहाँलाई प्रदान गरिएको प्रशंसा पत्र खतिवडाको सार्वजनिक सेवा तथा नेपाल र अमेरिकाबीचको पारस्परिक सम्बन्ध थप मजबुत बनाउन खेल्नुभएको भूमिकाका लागि प्रदान गरिएको जनाइएको छ ।

राजदूत खतिवडाले उक्त राज्यको क्याम्ब्रिज सहरका मेयर सुम्बुल सिद्दिकीसँग समेत भेट गर्नुभएको थियो । भेटका अवसरमा मेयर सिद्दिकीले उक्त सहरको साँचो दिएर राजदूत खतिवडालाई स्वागत गर्नुभएको थियो ।

भेटमा नेपालको काठमाडौँ सहर र उक्त सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने, स्थानीय सहर सञ्चालनमा अनुभव आदानप्रदान गर्नेलगायत विषयमा छलफल भएको थियो ।