नेकपा एकीकृत समाजवादीको मंगलसेन नगर कमिटी गठन


नेपालभूमि, अछाम ।

नेकपा एकीकृत समाजवादी पार्टीको मंगलसेन नगरपालिकामा कमिटी गठन भएको छ । आइतबार मंगलसेनमा भएको एक भेलाले पूर्णबहादुर रानाको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा पूर्ण रावल, सचिवमा खगेन्द्र सोडारी, सह(सचिवमा खगेन्द्र शाही लगायत अन्य पदाधिकारी रहेका छन् । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता नमराज न्यौपाने र नयन सोडारिको विशेष उपस्थिती रहेको थियो। पार्टीलाई संगठनात्मक स्वरुप दिर्इ चलायमान बनाउनका लागि कमिटीलाई परिचालन गरिने नेकपा एकिकृत समाजवादीका नेता न्यौपानेले बताए ।

मंगलसेनमा यसअघि पूर्ण रानाकै नेतृत्वमा साविक एमालेको माधव नेपाल समूहको समानान्तर कमिटी रहेको सो कमिटी एकीकृत समाजवादीमा रुपान्तरण भएको र अन्य पालिकाहरुमा पनि संगठन निर्माणलाई गतिशील बनाईने बताइएको छ ।