थप १७६० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु


काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप १७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १२५२४ पीसीआर परीक्षणमा १३३२ जना र ४३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १७६० जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जसमध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । त्यस्तै १२२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।