प्रदेश २ प्रहरीलाई रोड डिभाइडर प्रदान


जनकपुरधाम ।

प्रदेश २ सरकारले ट्राफिक व्यवस्थापन सुदृढ बनाउनका लागि ४८ लाख मूल्य बराबरको सडक डिभाइडर प्रहरीलाई प्रदान गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आर्थिक वर्षमै खरिद गरेका रोड डिभाइडर मंगलबार एक कार्यक्रमबीच प्रदेश प्रहरीलाई हस्तान्तरण गरेको हो ।

सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीलाई उक्त सामग्री प्रदान गरिएको भौतिक पूर्वाधार विकास मन्त्री रामसोज यादवले बताए । उनले प्रदेश २ प्रहरी प्रमुख उमेश रञ्जितकारलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

ठूलो डिभाइडर २ सय ३५ थान, सानो डिभाइडर २ सय ४ थान र ब्यारियर टेप (डोरी) ३९ थान हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । डिभाइडरले सडक सुरक्षा गर्नुका साथै सडक दुर्घटना हुनबाट जोगाउन मद्दत पुग्ने मन्त्री यादवले विश्वास व्यक्त गरे ।