विभागका कर्माचार्यले पाए सर्वोकृष्ट पुरस्कार


काठमाडौं ।
शहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजन इन्जिनियर (सिडिई) गणेश कर्माचार्य यस बर्ष सर्वोकृष्ट कर्माचारीको पुरस्कारबाट सम्मानित हुनुभएको छ । । कर्माचार्यसँगै विभागका पाँच जना कर्मचारीले उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् ।
१८ औं निजामती सेवा दिवसको अवसरमा मंगलवार शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित एक कार्यक्रमकोबीच सर्वोकृष्ट र उत्कृष्ट कर्मचारीलाई विभागका महानिर्देशक नवराज प्याकुरेलले सम्मान गर्नुभयो ।

सम्मानित हुनेहरुमा विभागका सिडिई प्रमोद कृष्ण कर्माचार्य, सघन शहरी आयोजना चितवनका आयोजना प्रमुख प्रकाश अर्याल, इन्जिनियर अविनाश श्रीवास्तव (स्वास्थ्य), इन्जिनियर मोनिका महर्जन (नयाँ शहर, लेखापाल गणेश नेपाली र चालक अशोक महर्जन रहनुभएको छ ।
उक्त कार्यक्रममा विभागका उपमहानिर्देशकहरु कुमार प्रसाद घिमिरे, दिलीप भण्डारी, सुरेन्द्र मोहन श्रेष्ठ, विशेष भवन निर्माण आयोजनाका आयोजना निर्देशक दिलीपशेखर श्रेष्ठ, कर्मचारी प्रशासन शाखाका उप–सचिव महेश पराजुली लगायतको सहभागीता रहेको थियो ।