अर्घाखाँचीमा हाइस दुर्घटना १ को मृत्यु, ५ घाइते


काठमाडौ, १९ भदौ :

अर्घाखाँचीको शितगंगा नगरपालिका– ३ बरबोटमा शनिबार बिहान हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट सन्दिखर्कतर्फ जाँदै गरेको गरेको बा ३ ख ८६३९ नम्बरको हाइस दुर्घटना हुँदा मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–९ का अन्दाजी ३२ वर्षीय सञ्जय विक छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अम्मर थापा क्षेत्रीले दुर्घटनमा भूमिकास्थानका २७ वर्षीय श्याम नेपाली र सन्दिखर्क–१ का ३२ वर्षीया सीता मुखिया गम्भीर घाइते भएका छन् ।

गम्भीर गाइते र अन्य घाइते सन्दिखर्क – १२ का ६० वर्षीय गोविन्द बस्यालसहित ५ जनालाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । हाइसमा ११ जना सवार रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।