बाल यौन दुर्व्यवहार आरोपमा एक जना पक्राउ


दार्चुला, १८ भदौ ।

दार्चुलामा बाल यौन दुर्व्यवहार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भदौ १५ गते राति मार्मा गाउँपालिका-६ पत्थरकाँडामा गौरा पर्व हेरेर घर फर्किने क्रममा बाल यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नौगाड गाउँपालिका-४ सिप्टीका २५ वर्षीय महेशसिंह ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले बताए ।

पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई बिहीबार पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । स्थानीय बालिकामाथि पत्थरकाँडामा गौरा पर्व हेरेर राति साढे ११ बजे घर फर्किने क्रममा ठगुन्नाले दुर्व्यवहार गर्न खोजेको आरोप छ । जाहेरीका आधारमा बाल यौन दुरुपयोगअन्तर्ग मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।