१० चलचित्र निर्माता सगरमाथा आधार शिविरको पदयात्रामा निस्कने


काठमाडौँ ।

नेपालसहित विभिन्न मुलुकका १० चलचित्र निर्माता तथा भ्लगर्स सगरमाथा आधार शिविरमा पदयात्रामा निस्कने भएका छन् ।२५ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामीरिता शेर्पा र सन् २०१९ का ‘वर्ष शेर्पा’द्वारा सम्मानित मिङमा शेर्पाका साथमा अस्ट्रेलिया, कोलम्बिया, मेक्सिको, नेपाल, फिलिपिन्स, थाइल्यान्ड र अमेरिकासहितका चलचित्र निर्माण तथा भ्लगर्स पदयात्रामा जाने भएका हुन् ।

कामीरिता पदयात्राका लागि मुख्य प्रशिक्षक ९हेड कोच० रहनेछन् भने मिङमाले पदयात्रा टोलीको नेतृत्व गर्ने छन् । विश्व भ्लग च्यालेन्जमा नेपालको प्रतिनिधित्व गर्ने उद्देश्यसहित पदयात्रा आयोजना हुन लागेको नेपाल भ्लग च्यालेन्जले जानकारी दिएको छ ।