२४ घण्टामा थपिए १६६४ संक्रमित, २० जनाको निधन


काठमाडौं ।

आज एकैदिन एक हजार ६६४ जनामा कोभिड १९ संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २२२ जनामा परीक्षण गर्दा एक हजार ६६४ जनामा संक्रमण देखिएको हो । सक्रिय संक्रमित ३५ हजार ५९१ जना रहेका छन् ।

यस्तै संक्रमणबाट निको भई आज एक हजार ७८६ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख १६ हजार ३०६ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७५० जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६२.३ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ६३७ जना सघन उपचार कक्ष (आइसियु), १६४ जना भेन्टिलेटर, ३३ हजार २१४ जना होम आइसोलेसन,  दुई हजार ३७७ जना संस्थागत आइसोलेसन र ३२९ जना क्वारेन्टिनमा रहेका छन् ।  नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।