तेक्वान्दो खेलाडी दीपिका कार्कीको निधन


काठमाडौं ।

तेक्वान्दो खेलाडी दीपिका कार्कीको उपचारका क्रममा निधन भएको छ । निमोनिया भएपछि उपचारका लागि महाराजगन्जस्थित कान्ति अस्पतालमा साताअघि भर्ना गरिएकी १३ वर्षीया दीपिकाको शुक्रबार निधन भएको हो ।

यसअघि काठमाडौं जिल्ला तेक्वान्दो संघले दीपिकाको उपचारका लागि शुक्रबार ७७ हजार दुई सय १० रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

उक्त रकम काठमाडौं जिल्ला तेक्वान्दोका सचिव गणेश तामाङ र तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक मिन न्यौपानेको उपस्थितिमा अध्यक्ष खड्काले दीपिकाकी आमा लक्ष्मीलाई कान्ति अस्पतालमै हस्तान्तरण गरेका थिए ।