कोरोना अपडेट : २४३३ जनामा संक्रमण पुष्टि, २६ जनाको मृत्यु


काठमाडौं :

पछिल्लो २४ घण्टामा थप २४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७०२ पीसीआर परीक्षणमा २,०५२ जना र ४,६७२ एन्टिजेन परीक्षणमा ३८१ जना गरी २४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण २६ जनाले ज्यान गुमाएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ ।