काठमाडौंमा थप ५१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौंमा थप  ५१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १४२ र ललितपुरमा ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै काठमाडौं उपत्यकामा ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४४ जनाको मृत्यु भएको छ ।