कोरोना अपडेट : २४८२ जनामा संक्रमण पुष्टि, ४४ जनाको मृत्यु


काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २४८२ जनामा कोरोना संक्रमण भएको छ । देशभरका विभिन्न प्रयोगशालमा ९७११ पीसीआर परीक्षण मा १८६२, र ५५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप १७८१ जना संक्रमणमुक्त भएका छन् र ४४ जनाको मृत्यु भएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५२ हजार ८६३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ भने ७ लाख ३ हजार ९६४ जना संक्रमणमुक्त भएका छन् ।