महन्थ ठाकुरको दलमा १४ सांसदले गरे सनाखत


काठमाडौं ।

समाजवादी पार्टी विभाजन गरेर महन्थ ठाकुरको अगुवाइमा बनेको नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टीको वैधताका लागि सो दलका सदस्यहरुले बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।

सनाखतपछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो दलले वैधता पाएको जानकारी दिए । उनले आफ्नो पार्टीमा १४ जना सांसदहरुले सनाखत गरेको जानकारी दिए । उनले जेलमा रहेका कारण रेशम चौधरीले सनाखत गर्न नपाएकोसमेत बताए ।

उनले आफ्नो दल हिमाल, पहाड र तराइमा क्रियाशील हुने भन्दै समावेसी लोकतन्त्र आफूहरुको मूल्य र मान्यता रहेको बताए । उनले बहुल राज्यको विषय पनि आफ्नो पार्टीको नीति रहेको बताए । उनले कुरा नबुझ्नेहरुले बहुल राज्यको विरोध गरेको बताए ।