उपत्यकामा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप  ४४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १०० र ललितपुरमा १६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससागै आज  उपत्यकामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ।