ढकालको नयाँ गीत ‘मन मनमा नेपालीको नेपाल जगाई देउ’ बजारमा


काठमाडौं ।

सञ्चारकर्मी पूरुषोत्तम ढकालको मातृभूमिको नाममा ‘मन मनमा नेपालीको नेपाल जगाईदेउ’ बोलको गीत सार्वजनिक भएको छ । राप्रपा अध्यक्ष डा. प्रकाश चन्द्र लोहनी, पूर्व प्रधानसेनापति रुक्मागद कटुवालमार्फत् शनिबार राती गीत लोकार्पण गरिएको हो । गीत म्युजिक नेपाल कम्पनी मार्फत् सार्वजनिक भएको छ ।

पूरुषोत्तम ढकालको शब्द, सुरज कुमार थापाको एरेन्ज र संगीत रहेको गीतमा थापाकै आवाज रहेको छ । थापालाई बानिका प्रधानले आवाजमा साथ दिएकी छन् । धिरेन शाक्य र रिना थापा मगरको मुख्य अभिनय रहेको छ, भने गीतमा सहायक भुमिकामा अन्य कलाकारको प्रस्तुती देख्न सकिन्छ। भागिरथी गाहा मगरको कोरियोग्राफ, निर्देशकमा नीतिन चन्द र क्यामरामा दिपक जोशी, दृश्य सम्पादनमा सदिश जोशी र संगीत बानियाँ रहेका छन् ।

गीतले मातृभूमि नेपाल सानो देश, बहुल भाषा र बहुल संस्कृतिको केन्द्र हो, जहाँ जाती, समुदाय र भेग अनुसारका लोक गीत, नृत्य र संगीतको अपार खजाना छ । तीनै लोक गीत, नृत्य र संगीतले हामीलाई जोडेको छ । आज जताततै मन फुटेको अवस्थामा यस्ता गीतले देश सम्झेर जोडिन प्रेरित गर्छन् भन्ने लागेर काम गरेको हौं सर्जक ढकालले बताए ।

सर्जकले आगामी दिनमा यस्ता सृजना बजारमा ल्याईरहने बताए । गीतको म्युजिक भिडियोमा नदिको देश नेपाल, हिमालको देश नेपाल, कला धर्म संस्कृतिको देश नेपाल, शान्तीको भूमि नेपाल भन्दै दृश्य मार्फत सुन्दर नेपालको वर्णन गरिएको छ ।

https://youtu.be/cHU5tKO4oyA