कोरोना अपडेट : १८०१ जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु


नेपालभूमि, काठमाडौं ।

पछिल्लो २४ घण्टामा १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८७०४ पीसीआर परीक्षण गर्दा १५४८ र २६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी १८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै आज थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने १९२४ जना निको भएका छन् ।