माधव नेपालको पार्टीको नाम अब ‘नेकपा एकीकृत समाजवादी’


नेपालभूमि, काठमाडौं ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नयाँ पार्टीको नामबाट एमाले शब्द हटेको छ । शुक्रबार निर्वाचन आयोगले मूल पार्टीसँग शब्द जुधेकाले अर्कै राख्न आग्रह गरेपछि नेता नेपाल पक्षले ‘नेकपा एकीकृत समाजवादी’ नाम प्रस्तावित गरिएको छ ।

राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् ।