नाबालिका करणीपछि फरार वृद्ध पक्राउ


उदयपुर ।

उदयपुरमा नाबालिका करणी गरेको फरार रहेका एक वृद्ध पक्राउ परेका छन् । २४ दिन अघि त्रियुगा नगरपालिका– १० बोक्सेका १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरि फरार रहेका ६४ वर्षीय वृद्धलाई शुक्रार जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।

गत साउन १२ गते राति १० बजेतिर बृद्धले नाबालिकालाई ललाई फकाई चकलेट किनेर दिई घर नजिकै लगेर जबरजस्ती करणी गरेको खुल्न आएको छ । उनले कसैलाई भनेमा मार्ने धम्कि दिएकाले बालिकाले घरमासमेत भन्न नसकेकी थिइनन् । तर, अत्याधिक पीडा भएपछि घटनाको चार दिनपछि नाबालिकाले आमालाई सुनाएपछि घटना सार्वजनिक भएको हो ।

छोरीले घटनाकाबारेमा सुनाएपछि तत्काल आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् । प्रहरीले तत्काल घटनास्थलमा पुगेर नाबालिकाको स्वास्थ्य परीक्षण गराइएको थियो ।

फरार रहेको आरोपी वृृद्धको खोजी गर्ने क्रममा त्रियुगा नगरपालिका– १५ हुबासबाट शुक्रवार नियन्त्रणमा लिई पाँच दिनको म्याद थप्प गरि अनुसन्धान प्रारम्भ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले जानकारी दिए ।