रेल्वे कम्पनीको महाप्रबन्धकमा निरञ्जन झा नियुक्त


काठमााडौं।

नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जन झा नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।

झा युवा संघका उपाध्यक्ष समेत हुन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई देउवा सरकारले स्पष्टीकरण सोधेको थियो । भट्टराईले स्पष्टीकरण नदिई राजीनामा दिएसँगै झालाई महाप्रबन्धक नियुक्त गरिएको हो ।