बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त


२ भदौ, हेटौडा ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नेकपा एमालेका उपाध्यक्ष समेत रहेकी शाक्यलाई संविधानको धारा १६८ .(१) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राति राजीनामा दिएलगत्तै एमाले दलको तर्टबाट एकल बहुमतको सरकार गठनको दाबी सँगै पेस भएको थियो। प्रदेश सभा संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री बनाउन दाबी गरिएको थियो। दाबी अनुसार प्रदेश प्रमुख प्रसाईंले शाक्यलाई नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुख प्रसाईँसँग पद तथा गोपनीयताको शपथ लिएकी छन्। केन्द्रमा भएको राजनीतिक परिवर्तनको पहिलो असर प्रदेशमा परेको हो। नेता माधवकुमार नेपाल पक्षमा रहेकी शाक्यलाई मुख्यमन्त्री दिएर उनी र निकट नेताहरुलाई अध‍यक्ष केपी शर्मा ओली पक्षले राजिनामा दिएरै भएपनि नेपाल समुहका सांसदहरुलाई आफ्नो पक्षमा पार्न सफल भएका छन् ।