बागमती प्रदेशको मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य !


नेपालभूमि, काठमाडौं ।

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएकी छन् । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले बुधार राजीनामा दिएका छन्। पौडेलको राजीनामासँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चयन भएकी छन् ।

वरिष्ठ नेता माधव समूहमा लामो समय खुलेरै लागेकी नेतृ शाक्य मुख्यमन्त्री बन्ने भएपछि उनी अध्यक्ष केपी शर्मा ओली कित्तामा उभिएको बुझिएको छ । आजै नेपाल समूहले नयाँ पार्टी दल दर्ता निर्वाचन आयोग जाँदै गर्दा एमालेमा नयाँ ट्वीष्ट देखा परेको छ ।