एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी


काठमाडौं ।

नेकपा एमाले औपचारिक रुपमा फुटेको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेसँगै एमाले वरिष्ठ नेता माधव नेपाल समूहले औपचारिक रुपमा नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि अध्यक्ष केपी शर्मा ओली र परिष्ठ नेता नेपालबीच देखिएको किचलो अन्ततः पार्टी विभाजनमा पुगेको हो । माधव समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेता नेपाल नेतृत्वको नयाँ दलको नाम एमाले समाजवादी रहने छ । भने चुनाव चिन्ह खुला किताब रहने एक नेताले जानकारी दिए ।