जलविद्युत् र विकास बैंक समूहमा हरियाली, १५ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो


काठमाडौं।

कारोबार साताको तेस्रो दिन शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से आज शून्य दशमलव २३ अङ्कले बढेर तीन हजार एक सय ६० दशमलव ३२ विन्दुमा पुगेको हो । आज जलविद्युत्, विकास बैंक र फाइनान्स समूहको शेयरमा हरियाली देखिएको छ । विकास बैंक समूहको शेयर दुई सय ३२ अङ्कले, जलविद्युतको एक सय १७, फाइनान्सको एक सय ४१, उत्पादनको ९० र माइक्रोफाइनान्स समूहको शेयर साढे पाँच अङ्कले बढेको छ । बैंक, व्यापार, होटल, बीमा र अन्य समूहको शेयर भने घटेको छ ।

आज जोशी, हाइड्रो, रुरु जलविद्युत्, अरुण काबेली हाइड्रो, गुराँस फाइनान्सहित १५ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज दुई सय २१ कम्पनीका तीन करोड ६ लाख कित्ता शेयर १८ अर्ब २० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

त्यस्तै, साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको साढे तीन घण्टाको अवधिमा पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ । उक्त अवधिमा कारोबारमा आएका २२० ओटा कम्पनीमध्ये हाइड्रोलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल),एनएमबी फिप्टी,सानिमा इक्विटी फण्ड,सिटीजन्स म्युचुअल फण्ड- १ र नबिल ब्यालेन्स फण्ड-२ को इकाईमा उच्च खरीद माग रहेको हो ।

ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी एचआईडीसीएलको ३९ लाख २ हजार ७०५ कित्ता खरीद माग रहेको छ । त्यसैगरी एनएमबि फिप्टीको ७ लाख ६५ हजार ९३१ इकाई खरीद माग रहेको छ । त्यस्तै सानिमा इक्विटी फण्डको ७ लाख ३६ हजा ६९१ इकाई, सिटीजन म्युचुअल फण्ड( १ को ६ लाख ६४ हजार ९५५ इकाई र नबिल ब्यालेन्स फण्ड(२ को ४ लाख ७० हजार ७०४ इकाईको लागि खरीद माग रहेको छ ।