पछिल्लो २४ घण्टामा ३२७४ जनामा संक्रमण पुष्टि, २७ जनाको मृत्यु
0
Shares

नेपालभूमि, काठमाडौं ।
पछिल्लो २४ घण्टामा ३२७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयमेगशालामा ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २४५६ जना र ६१२४ एन्टिजेन परीक्षण गर्दा ८१८ गरी ३२७४ जनामा कोरोना संक्रमण ष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै मंगलबार कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ भने १९२९ जना निको भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३७ हजार २२९ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ भने ६ लाख ८७ हजार ६९ जना संक्रमणमुक्त भएका छन् ।