ओलीको चेतावनीःदल विभाजन गर्ने अध्यादेश क्षम्य हुँदैन


३२ साउन, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । सरकारले पूर्व घोषित प्रतिवद्धता विपरित हठात प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको बताउदै अध्यादेश ल्याउने कुरा स्वीकार्य नहुने बताएका हुन् । विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष ओलीले सोमबार मध्य रातमा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि वाहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्दैन । ’
अध्यक्ष ओलीले केही सयमयता नेकपा (एमाले) र अन्ततः नेपाली कम्युनिष्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षडयन्त्र भैरहेको हामीले देखी भोगिरहेका छौँ । पूर्व घोषित प्रतिवद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले)लाई विभाजित गर्ने षडयन्त्र गरिंदैछ, उनले भनेका छन् । । नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन । तसर्थ, पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु, ओलीले भनेका छन् ।