प्रोग्रेशिभ फाइनान्सको थप दुई नयाँ शाखा सञ्चालन


काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्स कम्पनीले प्रदेश नं २ को जनकपुर उपमहानगरपालिका वडा नं २ भानुचोक तथा बाग्मति प्रदेशको पाँचखाल नगरपालिका वडा नं ४ मा शाखा कार्यालयहरु विस्तार गरी कारोबार शुरुवात गरेको हो ।

वित्तीय संस्थाको शाखा कार्यालयहरु थप भएपछि १३ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्शन काउन्टरहरु मार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन् । यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाहरुबाट समेत प्रवाह गरिनेछ ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ ।

फाइनान्सले केही दिन भित्र नै देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप ३ वटा शाखाहरु तथा एक विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी समेत गरिसकेको छ ।