गण्डकीमा मन्त्रिपरिषद बिस्तार, ६ मन्त्रीले लिए शपथ


काठमाडौं : गण्डकी प्रदेशमा  मन्त्रिपरिषद विस्तार भएको छ । शुक्रबार दिउँसो मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार गरेका हुन् । उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबाट थप मन्त्री बनाएका छन्।

कांग्रेसका कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री भएका छन्। माओवादीबाट रामजी बराल अर्थ मन्त्री भएका छन्। जसपाका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री यसअघि नै भइसकेका थिए। स्वतन्त्र सांसद राजिब गुरूङ युवा तथा खेलकूद मन्त्री भएका छन्। उनलाई पनि यसअघि नै मन्त्री बनाइएको थियो।

कांग्रेसबाट मणिभन्द्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका छन्। कांग्रेसका मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री भएका छन्। माओवादीबाट मधु अधिकारी यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्री भएकी थिइन्। माओवादीका चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भएका छन्। कांग्रेसका बिन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री भएका छन्।