एमाले नेता रावलले फिर्ता लिए राजीनामा


काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। शुक्रबार उनले संसद सचिवालय पुगेर राजीनामा फिर्ता लिएका हुन्। साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले संसदबाट राजीनामा दिएका थिए।

रावललाई आफूहरुले दबाब दिएर राजीनामा फिर्ता लिन लगाएको सांसद झपट रावलले बताए। राजीनामा फिर्ता लिन रावलसँगै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री प्रकाश शाह, नेता भानुभक्त जोशी, सुदूरपश्चिम प्रदेशका अन्य सांसदहरु उपस्थित थिए।