काठमाडौं उपत्यकामा थप ६९७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललिपुरमा १२८ जना, र भक्तपुरमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै आज उपत्यकामा काठमाडौँ उपत्यकामा ६९७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  देशभरका विभिन्न प्रयोगशालामा ८७१५ पीसीआर परीक्षणमा १९१८ र ३९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २८३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४७५ रहेको छ र ३० जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ ।