कोरोना अपडेट : २८३८ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु


काठमाडौं : पछिल्लो २४ घण्टामा थप २८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८७१५ पीसीआर परीक्षणमा १९१८ र ३९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २८३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४७५ रहेको छ र ३० जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ ।