अखिल क्रान्तिकारीका अध्यक्ष रायमाझी र ‘मिस ट्यालेन्ट २०२१’ खुश्बुबीच विवाह
0
Shares

नेपालभूमि, काठमाडौं ।
अखिल क्रान्तिकारीका अध्यक्ष सुन्दर रायमाझी र ‘मिस ट्यालेन्ट २०२१’ खुश्बु विवाह बन्धनमा बाँधिएका छन् । अध्यक्ष रायमाझी र मिस ट्यालेन्ट २०२१ खुश्बुबीच बिहीबार (असार ३१ गते) विवाह सम्पन्न भएको हो ।
लामो समयदेखि विद्यार्थी राजनीतिमा संलग्न अध्यक्ष रायमाझी त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स डिग्री इन बिजनेस स्टडिज (एमबीएस)मा सर्वोत्कृष्ट अंक प्राप्त गरी स्वर्ण पदकबाट विभूषित नेता हुन् ।
यस्तै खुश्बले एमी इन्टरटेन्मेन्टद्वारा काठमाडौंमा आयोजित प्रतियोगितामा पहिलो मिस ट्यालेन्टकाे उपाधि जितेकी थिइन्।