कालोबजारीमा कडाई गर्न उद्योगमन्त्री यादवको निर्देशन


मोरङ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले कालोबजारी र महंगी नियन्त्रणका लागि प्रशासनलाई सक्रियता बढाउन निर्देशन दिएका छन् ।मन्त्री यादवले आइतबार विराटनगरमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बजारमा भइरहेको कालाबजारी, महंगी नियन्त्रणलगायतको क्षेत्रमा तत्कालै कडाइ गर्न प्रशासनलाई निर्देशन दिएका हुन् ।

अन्तरक्रियामा सहभागी सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग र झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा प्रदेश १ का डिआईजी तथा सम्बन्धित कर्मचारीहरुलाई मन्त्री यादवले आमजनतालाई सहज हुने गरी बजारतर्फ विशेष ध्यान दिन निर्देशन दिए ।उनले लडकाउन तथा सम्भावित बाढी पहिरोलाई ध्यानमा राखी बजारमा हुनसक्ने कृत्रिम अभावतर्फ विशेष ध्यान दिन जोड दिए । मन्त्री यादवले उपभोक्ता हितलाई ध्यानमा राख्दै व्यापारी तथा कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न पनि आग्रह गरे ।