महोत्तरीमा कोरोना संक्रमित असईको मृत्यु


जनकपुर : कोरोना संक्रमणबाट  नेपाल प्रहरीका सहायक निरीक्षक (असइ)को मृत्यु भएको छ । कोरोना संक्रमित असइको  उपचारका क्रममा निधन भएको हो । महोत्तरीको भंगहा नगरपालिकास्थित प्रहरी चौकीमा कार्यरत ४० वर्षीय असइकोको मृत्यु भएको  महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

सुरुमा जानकी हेल्थ केयरमा उपचार गराइरहेका उनको पछि प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भैरहेको थियो ।