जनमोर्चाका सांसद थापाको सांसद पद खारेज गर्ने निर्णय सर्वोच्चद्वारा सदर


काठमाडौं ।

गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयले पदमुक्त गर्ने निर्णय गरेको थियो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई सांसद पदबाट पदमुक्त नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सुनाएको हो ।