काठमाडौंमा थप १७६१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं : काठमाडौंमा थप १७६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ३६६, ललितपुरमा ६९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै आज उपत्यकामा कूल २८२१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर भने ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भने १९३ जनाको मृत्यु भएको छ ।